प्युठान, १ बैशाख । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसाल रावल टोलमा आज अपराह्न एकै परिवारका दुई बालबालिका मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ ।
मङ्गले धामीका दुई वर्षीय छोरा गौरव र पाँच वर्षीया छोरी सिर्जना एकसाथ घरमै रहस्यमय रुपमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सर्पको टोकाइ वा विष सेवनबाट घटना भएको हुन सक्ने स्थानीयवासीको भनाइ छ । दुवै शव परीक्षणका लागि प्युठान अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।