स्याङ्जा, १ बैशाख । स्याङ्जामा दुई जना युवती जबरजस्ती करणीको शिकार बनेका छन् । हरिनाश गाउँपालिका–६ बस्ने १९ वर्षीया युवतीलाई सोही गाउँ स्थित २० वर्षीय सन्देश थापा र २३ वर्षीय सागर थापाले जवरजस्ती करणी गरेका हुन् । ग१८प १५५७ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले पीडित युवतीलाई घरसम्म पुर्याइदिने बहनामा एकान्तमा लगेर जवरजस्ती करणी गरेको खुलेको छ ।
तर, सन्देश थापाले जवरजस्ती करणी गरे लगत्तै सागर थापाले करणी गर्न खोज्दा गाउँलेले देखेपछि उनीहरु मोटरसाइकलमा भागेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सन्देशले मात्रै जवरजस्ती करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानाएको छ । तर घट्नामा दुवै जनाको संलग्न देखिएकाले अनुसन्धान भइरहेको बताइएको छ ।
घटना लगत्तै फरार रहेका उनीहरुविरुद्ध पीडितको पक्षबाट जिल्ला प्रहरी कार्यालयमा किटनी जाहेरी परेको थियो । प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । पक्राउ लगत्तै जिल्ला अदालत स्याङ्जामा जबरजस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।