पूर्व प्रशासक एवम् साहित्यकार तुलसी प्रसाद न्यौपानेको निधन भएको छ । न्यौपाने मुटुसम्बन्धी रोगबाट ग्रसित थिए । गए राती १ः०० बजेको आसपास आफ्नै निवासमा ७२ बर्षको उमेरमा उनको निधन भएको हो ।
गोरखामा जन्मेला न्यौपाने तीन दशक भन्दा लामो समय निजामती सेवामा विताएको र अधिकांश समय योजना आयोग र अर्थ मन्त्रालयमा रहेर काम गरेका थिए । न्यौपानेको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिसकिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।