कैलालीमा थप एक महिलामा कोरोनाको संक्रमण

कोरोना संक्रमण

कैलाली, १ बैशाख । कैलालीमा थप एक महिलामा कोरोनाको संक्रमण भेटिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १ भरुवाकी ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डा.प्रकाश तिमिल्सिनाले बताए ।

ती महिला परिवारसहित वीरगन्जबाट फर्किएको बुझिएको बताउँदै डा.तिमिल्सिनाले उनलाई एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताए ।

ती महिलासंगै ५१ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । कोरोना संक्रमित उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । उनी पहिलेदेखि नै दमको रोगी रहेकी थिइन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्