२०७७ वैशाख २ मंगलवार
Apr 14, 2020
सप्तमी
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा साथीभाइले साथ दिनेछन्। कृषि र पशुधनबाट लाभ हुनेछ। सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ। साँझतिर विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। हल्लाको पछि लाग्दा बित्थैमा दु:ख पाइनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश चिताएको काममा केही बाधा हुनेछ। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। अपराह्नदेखि शुभचिन्तकहरूको साथले स्थितिमा सुधार आउनेछ। सेवामूलक कामबाट उपलब्धि प्राप्त हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। तर बुद्धिको उपयोगले जटिल काम समेत सम्पादन हुनेछ। ईर्ष्या गर्नेहरूलाई मेहनतको जवाफ दिन सफल भइनेछ। टाढिएका आफन्तजन नजिकिनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आवेशमा काम गर्दा विवादमा परिने सम्भावना छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। विचार सम्प्रेषण प्रभावकारी नहुन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सानो असावधानीले रकम हातबाट बाहिरिन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। केही दौडधुप गर्नुपरे पनि पछिका लागि लगानी बढाउने समय छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
टाउको दुख्ने समस्याले सताए पनि कामले अरूलाई प्रभाव पार्न सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। मिहिनेतले फाइदा दिलाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भाग्यले विभिन्न अवसर जुराउनेछ भने मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नियमित काममा जुट्दाजुट्दै पनि केही कमजोरी देखा पर्नेछन्। आलोचकहरू बढ्न सक्छन्। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। प्रतिद्वन्द्वीहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा समस्या झेल्नुपर्ला। रचनात्मक काममा जुट्ने समय छ। तर, सहयोगीहरूले हात झिक्नुका साथै परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। अग्रजहरूको सहमति नाजुट्नाले काममा बाधा पुग्नेछ। योजना प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। हिसाबकिताबमा होसियार रहनुहोला। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। सहयोगीहरूको साथ पनि जुट्नेछ। मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ।