खोटाङ, २ बैशाख । खोटाङको बाह्रपोखरी गाउँपालिका-१ मा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको छ ।
सोमवार दिउँसो १ बजे ५० बर्षीया मेनुका राईले निजकै श्रीमान ५० बर्षकै छ कुमार राईलाई एक्कासी खुकुरी प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ ।
घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली गई श्रीमानलाई खुकुरी प्रहार गर्ने मेनुका राईलाई पक्राउ गरेको र शव परिक्षणको जिल्ला अस्पताल गाईघाट पठाएको प्रहरीले जनाएको छ ।