सुनसरी, २ बैशाख । सुनसरीको दुहवी नगरपालिका-७ मा रहेको नहरमा आमासँगै नुहाउन गएका ८ बर्षीय बालकको मृत्यु भएको छ ।
मोरङ रङगेली नगरपालिका-२ घर भई दुहवीको एबिआइ ईटा भट्टामा काम गर्ने सुरज ऋषिदेबको ८ बर्षीय छोरा करण ऋषिदेबकाे मृत्यू भएकाे ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
सोमवार बिहान ९ बजे आफ्नो आमासँगै नहरमा नुहाउन गएका बालक अचानक पानीमा डुबेर घाईते भएकोमा उपचारको लागी सामुदायिक अस्पताल दुहवी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।