सेनालाई निस्कासन गरेपछि तनाव, तेल उत्पादनमा असर

लिबियाको सरकारले सेनाका पूर्व कमाण्डर खालिफा हफ्तर समर्थित सेनालाई निस्कासन गरेपछि तनाव उत्पन्न भएको छ । सेनाले हफ्तर समर्थित सेनालाई निस्कासन गरेसँगै राजधानी त्रिपोली र ट्युनिसियाको सीमा नजिकै रहेका तीनवटा तटीय शहरहरु नियन्त्रणमा लिएको छ ।

सन् २०११ मा मुहम्मर गद्दाफी मारिएसँगै लिबियामा तनाव उत्पन्न भएको छ । राजनीतिक अस्थिरतका कारण लिबियामा तेल उत्पादनमा असर परेको बताइएको छ । सरकारी र विद्रोही सेनाबीचको टकरावका कारण फेरि गृहयुद्ध हुनसक्ने आशंका गरिएको छ ।

गत सोमबार उक्त क्षेत्रमा सरकारी सेनाले विद्रोहीका दुईवटा विमानमा गोली हानी ध्वस्त पारेका थिए । उक्त हमलामा नौ जना सरकारी सेना र ३० जना विद्रोही मारिएका थिए । यता संयुक्त राष्ट्रसंघले युद्ध अन्त्यका लागि सन् २०११ देखि गरेका प्रयास असफल भएका छन् ।

सन् २०११ मै राष्ट्रसंघले हतियारमाथि लगाएको प्रतिवन्धको बारम्बार उल्लंघन भइरहेको समाचारमा जनाइएको छ । -एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्