फेरी दुई जनामा कोरोना पुष्टि

काठमाडौं, २ बैशाख । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन मध्ये दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार एकै परिवारका तीन जनामा र्‍यापिड टेष्टको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई हिजो पाटन अस्पताल भर्ना गरिएको छ ।

चैत पहिलो साता लण्डनबाट आएका एकै परिवारका बाबु, आमा र छोरीको र्‍यापिड टेष्ट गर्दा पोजिटिभ आएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पनि अस्पतालले जनाएको छ । पाँच वटा टावर रहेको उक्त अपार्टमेन्टमा ५ सय परिवार बस्दै आएका छन् ।

सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ‘ए’ बिल्डिङमा बस्दै आएका थिए । र्‍यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्