कोरोना धदिङमा पनि देखियो, विदेशबाट फर्किएका एक युवक संक्रमित

धादिङ, २ बैशाख । धादिङकाे ज्वालामुखी गाउॅँपालिका-३ का २७ वर्षीय युवकमा कोरोना भाईरसको संक्रमण देखिएको छ । धादिङकाे ज्वालामुखी गाउॅँपालिका-३ का २७ वर्षीय युवकको र्‍यापिड डायग्नोस्टिक परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको छ ।

आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने तयारी भइरहेकाे गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सेनाले नेपाल फ्ल्यासलाई बताए ।

‘उनमा कुनै लक्षण देखिएकाे छैन तर रिपोर्ट पोजेटिभ देखिएकाे हुँदा सदरमुकाम पठाउने तयारी भइरहेकाे छ,’ उनले थपे, ‘उनकाे स्वाब टेस्टकाे लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइनेछ । थप रिपोर्ट आएपछि उनको परिवार र सम्पर्कमा आएका अन्यलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउँदैछौँ ।’

उनी गत फागुन २० मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए । उनलाई चैत २/३ गते नै ज्वरो आएको बताइएको छ । तर उनले आफू हेटौंडामा २ हप्ता बस्दा आफूले चर्को गर्मीमा गाईको मही पिएकोले सामान्य ज्वरो आएको भनेर स्थानीय स्वास्थ्य संयोजक सुजन श्रेष्ठ वडाअध्यक्ष रुद्रमान श्रेष्ठलाई फर्काएका थिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्