बिरामीको बहाना गरी एम्बुलेन्स मार्फत यात्रा गर्ने ४ पक्राउ

सल्यान, २ बैशाख । सल्यान प्रहरीले लकडाउनका बेला बिरामीको बहाना गरी एम्बुलेन्समार्फत यात्रा गर्ने ४ व्यक्तिलाई पक्राउ गरेको छ ।

दाङको तुलसीपुरतर्फ आइरहेको रा १ च ५१२ नरबरको एम्बुलेन्ससहित प्रहरीले ४ जना नक्कली बिरामीलाई सल्यानमा पक्राउ गरेको हो ।

अर्कै व्यक्तिको बिरामी पुर्जा लिएर एम्बुलेन्समा तुलसीपुर आउँदै गरेका दाङको लमही नगरपालिका–३ नारायणपुर बस्ने मिनराज सुवेदी, दिप्तु चौधरी, रबिन चौधरी र चालक गिरीराज खत्रीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय थारमारे सल्यानले जनएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्