२०७७ वैशाख ३ बुधवारको राशिफल

राशिफल - rasifal

२०७७ वैशाख ३ बुधवार
Apr 15, 2020
अष्टमी
बुधाष्टमी व्रत

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थता र आलस्यले शरीर कमजोर रहनेछ भने मनको इच्छाशक्ति कुण्ठित हुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउनेछन्। चुनौतीको बन्धनले कर्मयोग प्रभावित हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। गोप्यता बाहिरिनाले सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेका समस्या दोहोरिन सक्छन्। काम बिग्रने भयले सताउन सक्छ। सामान्य घरेलु कामले अल्झाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा अलमल हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। कमीकमजोरी सुधार्ने मौका आए पनि बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ। आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। व्यापारमा राम्रै फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो परिस्थितिका बीच पनि सानो चिन्ताले मन पिरोलिन सक्छ। ठूलो अवसर प्राप्त भए पनि आफ्नो कमजोरी उद्घाटित हुने डरले सताउनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तर, पेटको समस्याले सताउन सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदा हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अरूको करकापमा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। बेलैमा होस नपुग्नाले फाइदा अरूले हत्याउने चेष्टा गर्नेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
केही कठोर निर्णय लिनुपरे पनि चिताएको काम सम्पादन हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग रमाइलो भेटघाट हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
चिताएको काम रोकिए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। तर आगन्तुकहरूले अलमल्याउने हुँदा कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। महत्वाकांक्षी योजना बिग्रन सक्छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पुरुषार्थी काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँटेको काममा अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला । प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण हुने समय छ। यात्राका लागि खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विभिन्न अवसर प्राप्त भए पनि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। शिष्टाचारका लागि दिन खर्चिलो बन्न सक्छ। तापनि मिहिनेत गर्दा महत्त्वाकांक्षी काम बन्नेछ। आम्दानी रोकिए पनि व्यापारमा फाइदै हुनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। प्रियजनसँग भेटघाटका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। साँझदेखि मिहिनेतले नाम र प्रतिष्ठा दिलाउनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। चिताएका काम बिस्तारै सम्पादन हुनेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ। वैदेशिक यात्रा लाभदायक रहनेछ। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्