बालिकालाई बलात्कार गरी फरार भएका अभियुक्त पक्राउ

पक्राउ

दाङ, ३ बैशाख । बलात्कार गरी फरार भएका अभियुक्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा सात महिनादेखि फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २५ वर्षीय थम्मनबहादुर कुँवर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।

गत भदौ २४ गते बालिकालाई बलात्कार गरी फरार रहेका युवकलाई चैत २९ गते पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कुँवरमाथि हाडनाता करणी र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाइएको बताइएको छ । रासस

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्