नेकपा जिल्ला कमिटी द्धारा सामग्री र खाद्य सामग्री सहयोग

नेकपा

रसुवा, ३ बैशाख । नेकपा जिल्ला कमिटीले रसुवामा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री र विपन्न वर्गका लागि खाद्य सामग्री उपलब्ध गराइएको छ ।

कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नेकपा जिल्ला कमिटीले विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री लगायत खाद्यान्न उपलब्ध गराएका बताइएको छ ।

जिल्ला विपद् कोषमा रहने गरी पन्ध्र सेट पीपिई, नौ हजार थान सर्जिकल मास्क, दुई हजार थान पञ्जा, एक सय ६९ सत्तरी बोतल स्यानिटाईजर र चार सय बोरा चामल सहयोग गरिएको हो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्