१७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा चार युवक पक्राउ

पक्राउ

कैलाली, ३ बैशाख । कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै एक १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा चार युवक पक्राउ परेका छन ।

पक्राउ हुनेमा २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्टलाई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पीडित किशोरी सोही नगरपालिका–१ स्थित चनौरामा रहेको आफन्तको घरमा यही वैशाख १ गते भेटघाट गर्न गएकी र मङ्गलबार बिहान आफ्नो घर धनगढीतर्फ फर्किने क्रममा खुरखुरीया नजिकै पुग्दा मोटरसाइकलमा आएका चार जनाको समूहले करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उक्त समुहले धारिलो हतियार देखाई पीडितसँगै रहेका तीन जनालाई कुटपिटसमेत गरी पीडितलाई त्यहाँबाट झण्डै १०० मिटर टाढा एकान्त स्थानमा लगी जबरजस्ती करणी गरेको बताइएको छ । प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार हँसिया र मोटरसाइकल बरामद गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्