२०७७ वैशाख ४ बिहिवारको राशिफल

राशिफल - rasifal

२०७७ वैशाख ४ बिहिवार
Apr 16, 2020
नवमी

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन उदास रहनेछ। साँझतिर असहज परिस्थितिका बीच काम बनाउन सकिनेछ। शुभचिन्तकहरू जुट्नाले नसोचेको काम बन्न सक्छ। वादविवादबाट जोगिने प्रयास गर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सानो असावधानीले रकम हातबाट बाहिरिन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। केही दौडधुप गर्नुपरे पनि पछिका लागि लगानी बढाउने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला। तापनि निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्नो धनमाल सुरक्षामा भने विशेष ध्यान पुर्याउनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। घरमा सुख र समृद्धिको आगमन हुनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। तापनि, काम देखाएर केही फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरू जुट्नाले पहिलेको चुनौती समाप्त होला। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी पाइनेछ। गरी आएको कामलाई पनि निरन्तरता दिन सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले समस्या निम्त्याउन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न केही श्रम गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ। नयाँ काममा शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। कामका लागि केही दौडधुप गर्नुपर्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
धेरै बोल्दा समस्या आउन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिबन्धले समस्या निम्त्याउने देखिएकाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। सानोतिनो समस्या आए पनि चिताएको काम बन्नेछ। प्रयत्न गर्दा आयस्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला। पहिलेका कमजोरी सुधार हुनेछन् ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। भैपरी आउने खर्चले धन अभाव हुनेछ। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आम्दानीका स्रोत भने अलि कमजोर बन्ने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। तापनि लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। रोकिएको काम बनाउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। तत्काल ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिबन्धले चुनौती निम्त्याउन सक्छ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्