कोरोनाको संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्‍यु

मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एक नेपालीको ज्यान गएको छ ।

साउथ इष्ट लण्डनमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको बुधवार बिहान लण्डनस्थित गाइज अस्पतालमा निधन भएको हो । रुघाखोकी र पखाला लगायतका लक्षणहरु देखिएपछि मार्च ३१ मा अस्पताल भर्ना भएका श्रेष्ठलाई भेन्टिलेटरमा राखिएको थियो । उनलाई ज्वरो भने आएको थिएन ।

श्रेष्ठको परिवारले उनलाई यसअघि खासै ठूलो अरु स्वास्थ्य समस्याहरु नरहेको जनाएको छ । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् । उनको परिवार सन् २०१० देखि बेलायत बस्दै आएको थियो ।

श्रेष्ठ लण्डनको ओलम्पिक पार्कमा ‘रेस्क्यू ड्राइभर’का रुपमा कार्यरत थिए । नेपालमा स्याङ्जा पुख्र्यौली भएका श्रेष्ठको बसोबास पछिल्लो समय पोखरामा थियो ।

कोरोनाका कारण हालसम्म बेलायतमा एक दर्जन नेपालीको मृत्‍यु भइसकेको छ। जसमध्ये अधिकांश भूतपूर्व गोर्खा नै छन् । बेलायतभरमा सयौं नेपाली संक्रमित भएको आशंका छ। एक दर्जन भन्दा धेरै अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्