काेराेना संक्रमणका कारण अमेरिकामा अर्को एक जना नेपालीकाे मृत्यु भएकाे छ । कोरोना संक्रमणका कारण अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको मृत्यु भएको हाे ।
कोरोना भाइरसका बिरामी पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमाने पछि घर मै निधन भएकाे जनाइएको छ ।बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको जनाइएकाे छ ।
कोरोना भाइरसका बिरामी पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमाने पछि घर मै निधन भएकाे जनाइएको छ ।