गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दुर्घटनामा

डोटी, ४ बैशाख । डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परी सोही वडाका कैलाश बोगटीको आफ्नै ट्याक्टर पल्टिँदा मृत्यु भएको हो ।

खुल्लेकबाट खाद्य सामग्री पुर्याएर दिपायल आउँदै गरेको से२त ३५४३ नंबरको उक्त ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएका चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्