रुपन्देही, ४ बैशाख । रुपन्देहीमा १५ वर्षिया बालिका बलात्कृत भएकी छन् । बालिकालाई ललाई फकाई बलात्कार गर्ने सैनामैना वडा न.१ का ३२ वर्षिया मान बहादुर छहारीलाई प्रहरीले पकाउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टाराईले घरपरिवारको निवदेनको आधारमा प्रकाउ गरीएको बताए । बालिकालाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको बताइएको छ ।
त्यस्तै, एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजगढ गाउँपालिका-२ कमलपुर बस्ने १९ वर्षीय रामजिवन यादव पक्राउ परेका छन् ।
यादवले ती किशोरीलाई ललाई फकाई टेलिफोनमार्फत घरबाट बाहिर बोलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनले किशोरीमाथि बलात्कार गरेके भन्ने उजुरीका आधारमा प्रहरी चौकी झुटकीबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।