आगलागी हुंदा महोत्तरीमा १४ लाखभन्दा बढीको क्षति

आगलागी

महोत्तरी, ४ बैशाख । बुधबार मध्यरातमा आगलागी हुंदा महोत्तरीमा १४ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको लोहारपट्टी नगरपालिका – ५ स्थित गुलाम रहशुलको ट्याक्टर र गहुँ, धान कुटने थ्रेसर राख्ने जस्ताको घरमा आगलागी भएको हो ।

आगलागीमा परेर ज १ त ७८६० नम्वरको ट्रेक्टर, थ्रेसर लगायतका सामान र सो राखिएको घर जलेर नस्ट हुंदा १४ लाखभन्दा बढीको क्षति भएको बताइएको छ ।

आगो लागेको ठाउँमा पेट्रोलको गन्ध आएको हुँदा कसैले नियतिबस आगो लगाएको हुंन सक्ने स्थानीयले आशंका गरेका छन् । घटनाको बिषयमा थप अनुसन्धान भाइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्