गुल्मी, ४ बैशाख । बुधबार राति परेको अविरल वर्षाका कारण गुल्मीको मुसीकोट नगरपालिका बडा नम्बर ३ र ७ जोड्ने झेदीमा निर्माणाधिन पुल बाढीले बगाएको छ । बडीगाढ खोलामा निर्माण गर्दागर्दै पहिलो पटक बाढीले बगाएको उक्त पुल दोस्रो पटक पुनः बगाएको हो ।
गत बर्ष बैशाख १ गते पनि ढलानका लागि तयारी गरेकै अवस्थामा सो पुल बाढीले बगाएको थियो । गुल्मी जिल्लामा बाढीले निर्माणाधिन थप दुई पुल पनि जोखिममा छन् ।