विश्वमा कोरोनाको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै

कोरोना

विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या करिब दश हजारले बढेर १ लाख ४५ हजार ४ सय १० पुगेको छ । संक्रमितको संख्या पनि करिब ८० हजारले बढेर २१ लाख ७९ हजार ९ सय ५ पुगेको छ । संक्रमितमध्ये ५ लाख ४६ हजार ७ सय ४३ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ६ लाख ७७ हजार ५६ जना संक्रमित हुँदा ३४ हजार ५ सय ८० जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो समय २१ सय ३७ जनाको मृत्यु भएको छ । स्पेनमा १ लाख ८४ हजार ९ सय ४८ जना संक्रमित हुँदा १९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ६८ हजार ९ सय ४१ पुगेको छ । त्यहाँ २२ हजार १ सय ७० जनाको मृत्यु भएको छ । यी दुवै मुलुकमा कोरोना संक्रमित र मृत्यु हुनेको दरमा भने केही कमी आएको छ ।

उता फ्रान्समा कोरोना भाइरसबाट १ लाख ६५ हजार २७ जना संक्रमित हुँदा १७ हजार ९ सय २० जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ३७ हजार ६ सय ९८ जना संक्रमित भएका छन् । मृतकको संख्या ४ हजार ५२ पुगेको छ । बेलायतमा १ लाख ३ हजार ९३ जना संक्रमित छन् भने थप ८ सय ६१ जनाको मृत्यु भएपछि मृतकको संख्या १३ हजार ७ सय २९ पुगेको छ । भारतमा १३ हजार ४ सय ३० जना संक्रमित हुँदा ४ सय ४८ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ६ हजार ९ सय १९ पुग्दा १ सय २८ जनाको मृत्यु भएको छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्