अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुई जहाज काठमाडौँ आइपुगे

काठमाडौं, ५ बैशाख । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । उक्त चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए ।

दुवै जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *