काठमाडौं, ५ बैशाख । नागरिकलाई राहत दिन नसक्ने भए सहज ढंगले घर जान दिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकाका युवा नेता प्रदीप पौडेलले सरकारसँग आग्रह गरेका छन् । उनले कि राहत देऊ, सक्दैनौ घर जान देऊ भनी सामाजिक संजालमा लेखेका छन ।
कोरोना भाइरसको महामारीबाट उत्पन्न समस्याका कारण नागरिकहरु भोक र अभावले बाच्नै नसकिने पो होकि भनेर लकडाउनको बेलामा पनि परिवार भेट्न सयौं किलोमिटर हिंडेर घर जान बाध्य हुनुपरेको उनको भनाइ छ। अस्थायी रुपमा शहरमा बसेका जनता सरकारले राहतको उचित व्यवस्था गर्न नसक्दा सयौँ किलोमिटर हिंडेर घर गएको नेता पौडेलले बताए ।
पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यी पैदल यात्रीहरू सरकारले राहत दिँदादिँदै रहरले हिँडेका होइनन् । भोक र अभावले बाच्नै नसकिने पो होकि भनेर परिवार भेट्न सयौँ किलोमिटर हिँडेर घर गइरहेका हुन् । सरकार घुम्ती बस चलाउँ यात्रुहरूलाई गन्तव्यमा पुन्याइदेऊ । कोही सुरक्षित हुन कसैले यस्तो पिडा पाउनुहुँदैन । कि राहत देऊ, सक्दैनौ घर जान देऊ।’