खोलाको बगरमा एक युवाको शव फेला

मृत्यु

धादिङ, ५ बैशाख । धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकाेटघाटस्थित खोलाको बगरमा एक युवाको शव फेला परेको छ ।

मृतक ज्वालामुखी– ५ बाजगराका ३८ वर्षीय होमबहादुर रानामगर रहेको वडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए । रोजगारीको सिलसिलामा चितवनमा रहेका मगर पृथ्वी राजमार्गको बेनीघाटबाट फुजेल हुँदै पैदल राति नौ बजेतिर पुलमा पुगेको बताइएको छ ।

मृतक मगरका परिवारका सदस्यले बताएअनुसार उनले पुलमा डर लाग्ने भन्दै आफूलाई लिन आउन भनेका थिए । लकडाउनमा पनि मानिसको ओहोर–दोहोर नरोकिएपछि पुलमा बार लगाइएको छ ।

रातको समयमा पुलमा लगाइएको बार पार गर्ने क्रममा उनको पुलबाट खसेर मृत्यु भएको हुन सक्ने वडाध्यक्ष काप्रीको भनाइ छ । शव पोष्टमार्टमका लागि सदरमुकाम धादिङबेंसीस्थित जिल्ला अस्पताल ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । मृतकका आमा, श्रीमती, एक छोरा र दुई छोरी छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्