संक्रमणमुक्त भएका मानिसमा फेरि भाइरसको संक्रमण देखिएपछि नियन्त्रणमा चुनौति

कोरोना संक्रमित

कोरोना भाइरसबाट एकपटक संक्रमणमुक्त भएका मानिसमा फेरि भाइरसको संक्रमण देखिएपछि रोग नियन्त्रणमा चुनौति थपिएको छ । दक्षिण कोरियाली विज्ञहरुले यसको कारणबारे अध्ययन गरिरहेका छन् । यस्तो संख्या निकै कम छ, तर बढ्दो छ ।

विज्ञहरुका अनुसार पुन संक्रमण, रिल्याप्स र अस्थिर परीक्षण यसका मुख्य कारण हुनसक्छन् । रोग नियन्त्रण तथा रोकथामका लागि कोरिया केन्द्र (केसिडिसी) का अनुसार बिहीबार दक्षिण कोरियामा कोरोनामुक्त भइसकेका १ सय ४१ जनामा फेरि संक्रमण भेटिएको थियो ।

फेरि संक्रमण भएको भए यो सबैभन्दा ठूलो चिन्ताको विषय हुनेछ किनकी एकपटक संक्रमण भइसकेपछि मानिसमा रोग प्रतिरोधी क्षमता विकास हुने अनुमान गरिएको छ, तर केसिडिसी र विज्ञहरु दुबैले यस्तो हुने सम्भावना नरहेको बताएका छन् । बरु, कुनै किसिमले भाइरस रिल्याप्स वा रि–एक्टिभेसन (पुन: सक्रिय) भएको हुनसक्ने केसिडिसीले जनाएको छ ।

रिल्याप्स भन्नाले केही समयसम्मका लागि भाइरसको कण निष्क्रिय भएको हुनसक्छ, त्यस्तै केही बिरामीमा निश्चित अवस्था वा रोग प्रतिरोधी क्षमता कमजोर हुँदा भाइरस फेरि उनीहरुको प्रणालीमा ब्युँतिएको हुनसक्छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्