लकडाउनको फाईदा उठाउँदै शिंहहरु यसरी सडकमा आएपछी

मानिसहरू हराए भन्ने कुरा ढिलो-चाँडो जनावरहरूले थाहा पाइहाल्थे । दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरूले अहिले त्यहाँ जारी लकडाउनको फाइदा लिइरहेका छन् ।

बुधवार नियमित अनुगमनका लागि निस्किएका बेला निकुञ्जका रेञ्जर रिचार्ड सोरेले सडकमा सिंहहरू ढुक्कले निदाएको देखे । त्यो सडक अरू बेला पर्यटकहरूका कारण व्यस्त हुन्थ्यो । तर अन्य वन्यजन्तुका संरक्षित क्षेत्रझैँ क्रुगर निकुञ्ज समेत कोरोनाभाइरस लकडाउनका कारण २५ मार्चदेखि बन्द छ । त्यसरी सडकमै सिंह सुतेको दृश्य सामान्य अवस्थामा रेञ्जरहरूले रातको समयमा मात्र देख्ने गर्थे ।

यी तस्बिरहरू कसरी खिचिए ?
अफ्रिका महादेशकै सबैभन्दा ठूलो शिकार आरक्ष समेत रहेको उक्त संरक्षण क्षेत्रका रेञ्जर रिचार्ड सोरे अत्यावश्यक सेवाका लागि लकडाउनमा समेत काम गरिरहेका छन् । वन्यजन्तुको अवस्था जाँच गरिरहने र तिनलाई गैरकानुनी सिकारीहरूबाट बचाउने जस्ता काम उनी गर्छन्। बुधवार मध्यान्न आराम गर्न बनाइएको एउटा विन्दू नजिक गाडीमा पुग्दा उनले सिंहहरू सुतेको दुर्लभ दृश्य देखे ।

जम्मा पाँच मिटरजति पछाडि फर्केर उनले त्यो अस्वभाविक अवस्थालाई अझ राम्ररी नियाले । आफ्नो मोबाइलबाट फोटो लिँदा समेत मस्त निदाएका ती सिंहहरूले झिँजो मानेका थिएनन् । ‘गाडीमा हुने मानिसहरूसँग सिंहहरू अभ्यस्त हुन्छन्’, उनले भने। ‘मानिसहरूको पाइलाको चाल थाहा पाउने एकखाले विशेष गुण भने सबैजसो जनावरमा हुन्छ ।

त्यसैले म हिँडेको भए चाहिँ उनीहरूले त्यति नजिक जान दिँदैन थिए । ‘ उक्त बथानमा रहेको सबैभन्दा बुढो सिंह १४ वर्षको छ जुन सिंहका लागि धेरै उमेर हो । त्यसैले गाडीहरू तिनका लागि सामान्य दृश्य भइसकेका हुन्छन् । अरूबेला सोरेले यस्तो दृश्य जाडोका बेला रातमा देख्थे । त्यस्तो बेला सडकको कालोपत्रे पीचको तातोले उनीहरू लोभिएर आउँथे । सिंहहरूले अहिलेजस्तै सधै शान्त हुने सोचेर कतै सडकलाई नै सुरक्षित ठाउँ नठानुन् भन्ने रेञ्जरहरूको चिन्ता छ ।

निकुञ्जमा प्रभाव सिंह मात्र नभएर जङ्गली कुकुरहरू समेत अहिले गल्फकोर्ससम्म आउन थालेका छन् । अन्यथा जङ्गली जनावरहरूको स्वभावमा लकडाउनले ठूलो प्रभाव भने पारेको पाइएको छैन । सोरेले लकडाउनका कारण निकुञ्ज घुम्न आउन नसक्नेहरूलाई थोरै भए पनि खुसी मिलोस् भनेर आफूले खिचेका तस्बिर अरूलाई देखाउन चाहेको बताए । दक्षिण अफ्रिकामा शुक्रवारसम्म भाइरसबाट दुई हजार ६ सय भन्दा धेरै सङ्क्रमित हुनुका साथै ४८ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँको लकडाउनको अवधि बुधवारबाट थप दुई हप्ताको लागि बढाइएको छ । निकुञ्जका सञ्चार अधिकृत आइज्याक फालाका अनुसार घरभित्रै बस्नुको महत्त्व अहिले सबैले बुझेका छन् । तर अरूबेला घाँसका झाडीमा हुने सिंहहरू भने अहिले मानिसहरू नहुँदाको अवस्थामा रमाइरहेको उनी बताउँछन् । त्यसो भए तपाईँलाई जिज्ञासा लाग्न सक्छ- के सिंहलाई कमलो घाँसभन्दा पक्की सडक मन पर्छ ? सम्भवत: एउटा कारण फोटो खिचिएको अघिल्लो दिन अर्थात् मङ्गलवार राति पानी पर्नु थियो । फाला भन्छन्स् ‘त्यसबेला सडक घाँस भएको ठाउँमा भन्दा बढी सुख्खा थियो । सिंह चिसो ठाउँमा बस्न मन पराउँदैन।’ एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्