कविता – भ्रष्टाचार

आमा मलाई तपाईं पिठो
किन्न सय दिनु 60 रुपैयाँ
पर्ने पिठोलाइ 80 भन्छु छ
20 रुपैयाँ ठगेर खान्छु ।।
अरु हैन म भ्रष्टाचार गर्न
घरैबाट सुरु गर्छु ।।
बा क्याम्पसको एक
महिनाको 3000 फिस हो
म 5000 हो
भनेर माग्छु अनि 2000
अझै नाफा खान्छु,
अरुलाई
ठगेर हैन बा म तपाईंलाई
ठगेर घरबाट भ्रष्टाचार
सुरु गर्छु ।।
मेरो देशमा बर्सेनि
नयाँनया रोग आउछन,
मेडिकल लाइन पढेर
फार्मेसी खोल्छु अनि 10
पर्ने औसधि 60 मा बेच्छु
त्यति मात्रै हो र अलिकति
बुढाबुढी आए भने 600
को पेसर र सुगरको
औसधि 6000 मा बेच्छु ।।
त्यसपछि घर पछि म
भ्रष्टाचार गर्न समाज बाट
सुरु गर्छु ।।
अब मलाई सानू झुपडीमा
बसेर जिन्दगी कटाउनु छैन
अब म बङ्ला बनाउछु ।।
10 को दबाइ 60 मा
बेचेर थुपारेको पैसाले
बङ्ला बनाउछु र फुक्दै
हिड्छु यो मेरो
मेहनतको घर हो भनेर ।।
बर्सेनि बाढी र पहिरो
जान्छ मेरो देशमा
सामाजिक कार्यमा
अगाडि बढेजस्तो गर्छु र
तिमी अलिकति पैसा देउ
हजुर अलिकति सहयोग गर्नुस
अनि तपाईंहरु बाट
उठाएको राहतको 50 %
म मेरो गोजि तिर हाल्छु
अनि मेरो रित्तिएको
घाटिमा सुनको सिक्री
लाउछु र सानले भेलामा
बोल्छु “भ्रष्टाचार गर्नु
अपराध हो भनेर”
घर बाट समाज त्यसपछि
देशमा भ्रष्टाचार गर्छु अब म
मलाई त मेरा सपनाहरू
पुरा गर्नु छ ।।
भोलि गएर मेरा
सन्ततिलाई मैले भन्दा
राम्रो क्याम्पस पठाउन
आजैबाट जगेर्ना गर्नुछ ।।
म सानु छु हजुर
मैले मेरो देश बाट यहि
ज्ञान पाएकी छु
मेरा देशका ठुला
मान्छेहरू बाट यहि कुरा
सिकेकी छु ।।
भ्रष्टाचार नगरी ठुलो
मान्छे नहुइने रैछ
भ्रष्टाचार नगरी मेरा
सपनाहरू पूरा नहुने रैछ ।।
मलाई त धनी बन्नु छ
त्यसैले म घरबाट सुरु
भ्रष्टाचार सुरु गर्दै समाज
अनि देश सम्म भ्रष्टाचार गर्छु
अनि मेरा सपनाहरू पूरा गर्दैछु।।
हो अब म ठुलो मान्छे हुन
दाम अनि नाम कमाउन
भ्रष्टाचारि बन्दै छु ।।

सुजाता निरौला
झापा, दमक

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्