अबको इपिसेन्टर अफ्रिका, तीन लाख व्यक्तिको मृत्यु हुनसक्ने चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने चेतावनी दिएको छ । यो महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख व्यक्तिको मृत्यु हुनसक्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुको आशंका छ । उक्त क्षेत्रका तीन करोड मानिस कोरोना कै कारण गरीबीको रेखामुनि पुग्ने अनुमान पनि राष्ट्रसंघको छ ।

कोभिड–१९ बाट अफ्रिकामा एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १९ हजारभन्दा बढीमा संक्रमित छन् । तर अहिलेसम्मको संक्रमण दर भने युरोप र अमेरिकामा भन्दा कम रहेको बताइएको छ । राष्ट्रसंघीय अफ्रिकी आर्थिक कमिसनले तीन लाख व्यक्तिको मृत्यु हुन सक्ने चेतावनी दिँदै महामारी नियन्त्रणका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट चाहिने उल्लेख गरेको छ ।

संक्रमण अफ्रिकाका राजधानीभन्दा बाहिर फैलिने सम्भावना बढ्दै गएको र यस्तो भए अवस्था भयावह हुने डब्लुएचओको चेतावनी छ । अफ्रिकी देशहरुमा भेन्टिलेटरको अभाव रहेको जनाइएको छ । अफ्रिकाका एक तिहाई मानिस पानीको पर्याप्त पहुँचमा छैनन् भने शहरी क्षेत्रका करिब ६० प्रतिशत मानिस घना सुकुम्बासी क्षेत्रमा बस्छन् ।

एक अर्ब ३० करोड मानिस बस्ने अफ्रिकाको उत्तरी क्षेत्र बढी प्रभावित छ । अल्जेरिया, इजिप्ट र मोरक्कोमा दुई हजार भन्दा बढी संक्रमित छन् । यद्यपि, धेरै देशले लकडाउन गरेका छन् । -एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्