झापा, ६ बैशाख । कालोबजारी गर्ने झापाका एक व्यापारी कारबाहीमा परेका छन ।
लकडाउनको बेला बढी मूल्यमा चोकर बिक्री गर्ने झापाका एक व्यापारीलाई ११ हजार जरिवाना तिराइएको हो । जार अनुगमन समितिले भद्रपुर नगरपालिका–६ झापाचोक स्थित गङ्गा भण्डारका सञ्चालक राजेन्द्र महतोलाई ११ हजार जरिवाना तिराएर कारबाही गरेको बताइएको छ ।
उन बजारमा चलेको मूल्यभन्दा बढीमा चोकर बिक्री गर्दै आइरहेकोमा उजुरी परेपछि घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयले कारबाही गरेको हो ।