माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, तीन घाइते

ह'त्या मृ'त्‍यु

काभ्रे, ६ बैशाख । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । घर पोत्नका लागि माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर स्थानीयवासी धनबहादुर गोलेका छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । उनको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

साथै माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका छन् । घटनामा घाइते भएकी गोलेकै छोरी २० वर्षीया एरिना र १२ वर्षीया सनिषाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । नौ वर्षीया एनिषा गोले भने तालढुङ्गा स्वास्थ्यचौकीमा उपचारपश्चात घर फर्किएकी छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्