आर्मी हुँ भन्दै ५७ लाख ८६ हजार रुपैयाँ ठगी गरेपछी…

झापा, ६ बैशाख । जिल्ला अदालत झापाले भद्रपुर नगरपालिका– १० मा बस्दै आएका ४६ वर्षीय राजकुमार राउतलाई कारागार चलान गरेको छ । राउतले आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने गरेका थिए ।

उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर नगरपालिकासमेत गरी १० जनाबाट जम्मा ५७ लाख ८६ हजार रुपैयाँ ठगी गरेको जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा जिल्ला अदालतले शुक्रबार ६२ लाख ५० हजार धरौटी माग गरेको थियो ।

सोही मागबमोजिमको धरौटी राख्न नसकेको हुँदा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । उनले पसलेलाई प्रलोभनमा पारी प्रदीप कार्की, राजन काफ्ले, दुर्गा कार्की हुँ भन्दै ठाउँ अनुसार परिचय फेर्दै ठग्ने गरेको अनुसन्धानको क्रममा पाइएको बताइएको छ । राउतका नाममा मोरङ, सुनसरी, उदयपुरलगायतका विभिन्न जिल्लामा समेत मुद्दा दर्ता भएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्