अमेरिका र क्यानडाको सीमा क्षेत्र थप ३० दिन बन्द गरिने

अहिले विश्वका अधिकांश देशहरुमा लकडाउन चलिरहेको छ । यसैबिच अमेरिका र क्यानडाको सीमा क्षेत्र थप एक महिना बन्द गरिने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले शनिबार सीमा क्षेत्र थप ३० दिन बन्द गर्ने जानकारी दिए । कोरोना भाइरसको संक्रमण बढेपछि गत एक महिना यता दुई देशबीचको सीमा क्षेत्र बन्द गरिएको छ ।

यद्यपि, अत्यावश्यक सेवाका व्यक्ति र ढुवानीवाहक गाडीलाई रोक लगाइने छैन । अत्यावश्यक सेवा आपूर्ति गर्ने ट्रक, विमान, रेल तथा पानी जहाज चलिरहेका छन् । अमेरिकाले आन्तरिक र बाह्य यात्रामा ३० जुनसम्म प्रतिबन्ध लगाएकाले क्यानडाले पनि सीमा बन्द गर्ने निर्णय गरेको हो । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्