कोरोनाको खोप पत्ता नलागेसम्म टोकियो ओलम्पिक गर्न नसकिने

टोकियो ओलम्पिक

वैज्ञानिकहरुद्धारा कोरोना भाइरस विरुद्धको खोप पत्ता नलागेसम्म टोकियो ओलम्पिक गर्न नसकिने अनुमान गरिएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ विरुद्धको खोप विकास भएर यसको प्रभावकारी प्रयोग नभएसम्स ओलम्पिक खेलकुद आयोजना गर्न कठिन हुने सरोकारवालाहरुले ठहर गरेका हुन् ।

युनिभर्सिटी अफ इडनेबर्गका प्रोफेसर देभी श्रीधरका अनुसार कोरोनाको भ्याक्सिन यो बर्षको अन्तिमसम्ममा तयार भएमात्रै अर्को वर्ष ओलम्पिक हुने संभावना छ । अन्यथा सन् २०२१ मा पनि ओलम्पिक खेदलकुद आयोजना गर्न जोखिमपूर्ण हुने उनको तर्क छ । यहि जुलाईको अन्तिम र अगष्टको पहिलो साता हुने भनिएको टोकियो ओलम्पिक कोराना भाइरसका कारण एक बर्षपछाडी धकेलिएको छ ।

जापानले कोरोनाभाईरस नियन्त्रण र रोकथाममा उल्लेख्य प्रगति हासिल गरेपनि विश्वभर खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र दर्शकहरु संक्रमणको उच्च जोखिममा रहेकोले ओलम्पिक गेम्स सारिएको हो । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्