अमेरिकामा प्रदर्शनकारीहरु लकडाउन विरुद्ध प्रदर्शनमा ओर्लिए

अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन जारी राखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पकै समर्थन पाएपछि प्रदर्शनकारीहरु उत्साहित हुँदै लकडाउनविरुद्ध प्रदर्शनमा ओर्लिएका हुन् ।

टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौंको भीडले राज्यमा लगाइएको लकडाउन अन्त्य गर्न माग गरे । राष्ट्रपति ट्रम्पका समर्थक भनिने उनीहरुले लकडाउनबाट अर्थतन्त्रमा असर परेको भन्दै प्रदर्शन गरेका हुन् ।

यसअघि उनीहरु बन्दुक नै बोकेर देशका विभिन्न भागमा प्रदर्शनमा उत्रिएका थिए । डेमोक्रेटहरुको सरकार रहेका राज्यहरुमा यस्ता प्रदर्शन गर्न राष्ट्रपति ट्रम्पले नै प्रदर्शनकारीलाई हौस्याएको बताइएको छ ।

स्वास्थ्य विज्ञहरुले अहिले नै लकडाउन खुकुलो गर्ने वा खोलने हो भने संक्रमण फैलिएर जोखिम झनै बढ्ने चेतावनी दिइरहेका छन् । राष्ट्रपति ट्रम्प स्वयंले लकडाउन खोल्न राज्यका गभर्नरहरुलाई बारम्बार दबाब दिइरहेका छन् । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्