स्वास्थ्यकर्मीको सम्मानमा विश्वका चर्चित कलाकारले गरे अनलाइन कन्सर्ट

कोभिड-१९ को महामारी विरुद्ध खटिएका स्वास्थ्यकर्मीको सम्मानमा विश्वका चर्चित कलाकारले अनलाइन कन्सर्ट गरेका छन् । इन्टरनेटमा प्रसारित कार्यक्रमलाई ‘वन वल्र्ड–टुगेदर एट होम’ नाम दिइएको थियो । उनीहरुले आ–आफ्नै घरबाट गीत गाएका थिए । यो कार्यक्रम कोरोनाको महामारीसँग जुध्नका लागि विश्व स्वास्थ्य संगठनलाई आर्थिक मद्दत गर्ने उद्देश्यबाट गरिएको थियो ।

लेडी गागासँग मिलेर ग्लोबल सिटिजन र डब्ल्यूएचओले मिलेर अनलाइन कन्सर्ट आयोजना गरेका थिए । अनलाइन कन्सर्ट आठ घण्टासम्म चलेको थियो । अनलाइन कन्सर्टमा रीता ओरा, जमीला जमील, एन्ड्रा डे, भारतीय गायक विशाल मिश्रा, प्यूर्टो रिको, लुई फन्सी, ब्यान्ड द किलर्स, शेरिल क्रो, एडम लाम्बार्ट लगायतका एक सय जना कलाकारले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्