विश्वभर कोभिड–१९ बाट २८ जना नेपालीको मृत्यु

काठमाडौं, ७ बैशाख । विश्वभर कोभिड–१९ बाट करिब १२ सय नेपाली संक्रमित बनेका छन् भने २८ जना नेपालीको मृत्यु भएको छ ।

शनिबार साँझसम्म मृत्यु हुनेको संख्या २८ पुगेको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १ मा एक जनाको मृत्यु भएको हो । एनआरएनएको सचिवालयका अनुसार नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सक सम्मिलित समूहले तयार पारेको तथ्यांकमा २१ देशमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित हुनेमा सबैभन्दा बढी अमेरिकामा ७ सय रहेका छन् । यसैगरी युके २ सय, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्तुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२, साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, हङकङ १ रहेको एनआरएनएले जनाएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितका लागि संघले राहत वितरण गरेको जनाएको प्रेस संयोजक चिरन शर्माले बताएका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्