कोरोनाका संक्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने पक्राउ

पक्राउ

इलाम, ७ बैशाख । इलाममा कोरोना भाइरसका संक्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका संक्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनएको छ ।

शुक्रबार लिम्बूले बिब्ल्याँटेका कोरोना भाइरस संक्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि जिल्लावासीमा आतंक मच्चिएको थियो । लिम्बूले फेसबुकमा ‘इलामको बिब्ल्याँटेमा एक जना कोरोना संक्रमित फेला, अबचाहिँ बाँच्ने आशै मरिसक्यो’ भनेर पोष्ट गरेका थिए ।

गलत सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका कारण स्थानीयवासीमा समेत त्रास पैदा भएको थियो । सोही कारण लिम्बूलाई शनिबार जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिएको छ ।

साथै, गलत सूचना सम्प्रेक्षण नगर्न र जिल्लामा हालसम्म यस्ता संक्रमित फेला नपरेको भन्दै ढुक्क भएर लकडाउनको पालना गर्नसमेत जिल्ला प्रहरी कार्यालय इलामले आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्