वितरण गर्न लागिएको राहत सामग्री लुट्ने पाँच जना पक्राउ

पर्सा, ७ बैशाख । पर्सामा राहत सामग्री लुट्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको पर्सागढी नगरपालिकामा कोरोना भाइरसको सम्भावित जोखिमा देशभर लगाइएको लकडाउनको समयमा समस्यामा परेका विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर शाह, चन्द्रिका पटेल र दर्शन रायभार रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र एकटाङ्गाको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई वीरगञ्जस्थित जिल्ला प्रहरी कार्यालय लगिएको छ । उनीहरूले शनिबार पर्सागढी नगरपालिका वडा नं ६ मा लैजाँदै गरेको राहत सामग्री लुटेका थिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्