हुम्ला जिल्लामा स्वास्थ्य मन्त्रालयको टोलीद्धारा अनुगमन

सिमकोट, ७ बैशाख । हुम्ला जिल्लामा कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले जिल्लामा स्वास्थ्य सामग्रीको अनुगमनसहित सरोकार निकायसँग छलफल गरेको छ ।

जिल्लामा कोरोना भाइरस फैलिन नदिन जिल्लाले गरेको तयारीबारे अनुगमन तथा छलफल गरेको टोली प्रमुख अनुज भट्टचनले जानकारी दिए । जिल्लामा स्वास्थ्य जाँचका लागि सामग्रीको अभाव भएको हुनाले केही समस्या आउनुभन्दा त्यसको यथाशीघ्र व्यवस्था गरी दिन मन्त्रालयलाई सिफारिश गरिएको डा. टसियाङ्गजुक लामाले बताए ।

जिल्लामा अहिलेसम्म कसैलाई एकान्तबासमा राख्न नपरेको बताउँदै उनले निगरानीमा रहेकाहरूको तथ्यांक सार्वजनिक गरिने जानकारी दिए । आगामी दिनमा भैपरी आउने समस्या सकेसम्म समाधान गर्ने सकिने विश्वास रहेको डा. लामाले बताए । जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा मन्त्रालयबाट आएको दुई जनाको टोली र जिल्लाका सरोकार पक्षबीच कोरोनाको रोकथाम सम्बन्धमा सकारात्मक छलफल भएको प्रजिअ विनिता भट्टराईले बताइन् ।

क्वारेन्टाइनमा भएन राम्रो खाना सदरमुकाम सिमकोटको रानीवन निगरानीमा रहेका व्यक्तिले खानपिनको कुनै राम्रो सेवा सुविधा नभएको गुनासो गर्न थालेका छन् । क्वारेन्टाइनमा बसेएका नाम्खा गाउँपालिका– ३ का कुचि लामाले क्वारेन्टाइनमा खानपिन राम्रो नभएको दुखेसो गरे । उनले भने, ‘गाउँमा गएर क्वारेन्टाइन बस्छु भन्दा पनि दिएका छैनन्, म सुगर रोगी भएकोले सेतो चामलको भात खान नमिल्दा पनि त्यही खानुपरेको छ ।’

रानीवन क्वारेन्टाइनमा बसेकाहरूले बिहान बेलुका दुई छाक मात्रै खाना दिने गरेको तर, दिउँसो चिया पनि नदिने गरेको गुनासो गरेका छन् । क्वारेन्टाइनमा बसेकालाई प्रतिछाक दुई सय रुपैयाँ र त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई २५० रुपैयाँको दरले खाना दिने गरेको पाइएको छ ।

क्वारेन्टाइनभन्दा होम क्वारेन्टाइनमा बस्छु भन्दा पनि प्रजिअले नमानेको कैलाश होटेल हुम्लाकी सञ्चालिका प्रेमा लामाले बताइन् । क्वारेन्टाइनका लागि भन्दै कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ दिएको र जिल्लाका गैरसरकारी संस्थाले विपद् व्यवस्थापन कोषका लागि भन्दै ६ देखि सात लाख रुपैयाँ संकलन गरे पनि क्वारेन्टाइनमा गुणस्तरीय खाना नभएको उनीहरूको दुखेसो छ । रासस

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्