कोरोना संक्रमित निको भएर घर फर्किएकोमा प्रधानमन्त्रीद्धारा खुशी व्यक्त

प्रधानमन्त्री ओली

काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीया महिला मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किएकोमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै ती महिला दम र उच्च रक्तचापबाट पीडित भएपनि आत्मविश्वासका कारण उनीसँग कोरोना समेत पराजित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना गरेका छन् ।

उनलेले शनिबार नै काठमाडौंमा उपचाररत नेपालको दोस्रो कोरोना संक्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्कीसकेकोमा पनि खुशी व्यक्त गरेका थिए । रासस

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्