नेपाल एसबीआई बैंकले एक करोड सहयोग गर्ने

काठमाडौं, ७ बैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति नेपाल एसबीआई बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि एक करोड सहयोग गर्ने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितिको निर्णयअनुसार प्रदेश नं २ का मुख्य मन्त्री लालबावु राउत, वागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ५/५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो । बाँकी रहेका प्रत्येक प्रदेश सरकारलाई पाँच लाख र केन्द्रिय सरकारलाई ५० लाख अविलम्ब उपलब्ध गराउने बैंकले जनाएको छ ।

यसका साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्