कोरोना संक्रमणको खतराका बीच मास्क लगाउन अस्विकार गर्दा भारतको पश्चिम बंगालमा ७८ वर्षे बुवाले छोराको हत्या गरेपछि थाना पुगेर आत्मसमर्पण गरेका छन् ।
भारतीय मिडिया भास्करका अनुसार कोलकाताको शोवाबाजार इलाकामा बंशीधर मलिक आफ्नो परिवारसँगै बस्छन् । उनी शनिबार बेलुका ७ बजे श्यामपुकुर थाना पुगे । त्यहाँ उनले प्रहरी अधिकारीलाई आफूले ४५ वर्षे छोराको घाँटी कपडाले कसेर हत्या गरेको जानकारी दिए ।
उनका अनुसार उनका छोरा दैनिकजसो बेलुका मास्क नलगाई घर बाहिर जाने गरेको र आफूले यसका लागि गाली गर्दासमेत नमानेपछि रिसको झोंकमा छोराको हत्या गरिदिए ।