भारतको क्वारन्टाइनमै कोरामा बसेका बासुदेव नेपाल फर्किए

दार्जुला, ७ बैशाख । भारतको धार्चुलास्थित बलुवाकोटको शिविरमा क्वारन्टाइनमै कोरामा बसेका दार्चुलाका बासुदेव भट्ट नेपाल फर्किएका छन् ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी तेजसिंह कुँवरका अनुसार आइतबार २ बजेतिर भट्टलाई नेपाल ल्याइएको हो । ‘महाकालीमाथि पुलको ढोका खोलेर उहाँलाई घर ल्याइयो,’ कुँवरले भने।

गत फागुनमा भारतमा मजदुरी गर्न पुगेका भट्ट लकडाउन भएपछि उतै अलपत्र परेका थिए । दार्चुला शैल्यशिखर नगरपालिका १ का उनको आमाको गत मंगलबार साँझ हृदयघातका कारण निधन भएको थियो ।

भट्टलाई नेपाल ल्याउने प्रक्रियागत ढिलाइका कारण पाँच दिनपछि उनी नेपाल आउन पाएका हुन् । घरमा आमाको निधन भए पनि लकडाउनका बेला सीमा बन्द हुँदा उनी भारतीय भूमिमै रोकिएका थिए । भट्टको र्‍यापिड टेस्टपछि प्रहरीले घर पुर्‍याइदिनेछ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्