आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु

नेपालगञ्ज, ७ बैशाख । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशनको आईसियुमा उपचारको लागि भर्ना भएका बर्दिया बढैयाताल–३ का ४२ वर्षिय ईस्राईल बेहना र शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर–५ चपरगौरीकी ३२ वर्षिया शान्ता शर्माको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ । मृतक बेहना बैशाख ३ गते र शर्मा चैत्र ३० गते उपचारको लागि अस्पताल भर्ना भएका थिए । मृतक बेहना रुघाखोकी दमबाट ग्रसित रहेको र शर्मा सिमोनियाबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभए पनि उनीहरुमा कोरोनाको संक्रमण भए नभएको जाँचको लागि स्वाव झिकेर बुटवल पठाईएको स्वास्थ्य कार्यालय बाँकेले बताए । यो समाचार आजको राजधानी दैनिकमा रुद्र सुवेदीले लेखेका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्