उपचार गराइरहेका कोरोना संक्रमित एक युवा आइतबार घर फर्किए

सेती प्रादेशिक अस्पताल

कैलाली, ७ बैशाख । धनगढीमा उपचार गराइरहेका कोरोना संक्रमित एक युवा आइतबार डिस्चार्ज भएका छन् । सेती अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित २१ वर्षीय युवक उपचारपछि घर फर्किएका हुन् ।

उनी कैलालीको लम्कीचुहा नगरपालिका–९ निवासी हुन् । लगातार दुइपटकको परीक्षणमा नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

ती युवक भारतबाट चैत ११ गते फर्किएका थिए । उनी चैत १३ गतेदेखि प्रतापपुर क्वारेन्टाइनमा रहेका थिए । क्वारेन्टाइनमा रहेको ११ दिनपछि उनी संक्रमित रहेको पुष्टि भएको थियो । १३ दिनको उपचारपछि उनी घर फर्किएका छन् ।

अस्पतालले कम्तीमा एक साता अरु मानिसको नजिक सम्पर्कमा नरही सामाजिक दुरी कायम गर्न सुझाव दिएको छ । योससँगै नेपालमा उपचारपछि ठीक हुनेको संख्या चार पुगेको छ । कुल ३१ संक्रमितमध्ये २७ जनाको उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्