बन्दुकधारीको आक्रमणमा ४७ जना मारिए

उत्तरपश्चिम नाइजेरियाको कटासिनामा बन्दुकधारीको आक्रमणमा ४७ जना मारिएका छन् । हतियारधारी लुटेराहरुको समूहले ग्रामीण क्षेत्रमा लुटपाट मच्चाउने क्रममा सर्वसाधारणको हत्या गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

गत वर्ष पनि उत्तर पश्चिम नाइजेरियामा बन्दुकधारी लुटेराहरुको आक्रमणका कारण सयौं सर्वसाधारणको हत्या भएको थियो । हतियारधारी समूहहरुका कारण सबैभन्दा बढी जनसंख्या भएका अफ्रिकन मुलुकहरुमा सुरक्षा चुनौती थपिएको अधिकारीहरुले बताएका छन् ।

साम्प्रदायिक हिंसा रोक्न भएका प्रयासहरु पर्याप्त नभएको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् । राष्ट्रपति मुहम्मद बुहारीले विज्ञप्ती निकालेर हतियारधारीले निर्दोष नागरिकको हत्या गरेको पुष्टि गरेका छन् । उनले दोषीहरुमाथि कानुनी कारवाही गर्ने प्रतिवद्धतासमेत जनाएका छन् । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्