म्यानचेस्टर सिटीले आगिलालाई आफ्नो टिममा अनुबन्धित गर्ने

इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्लुइवेर्थ आगिलालाई आफ्नो टिममा अनुबन्धित गर्ने भएको छ । सिटीले पेरुका डिफेन्डर आगिलालाई अलिएन्जा लिमाबाट ल्याउने भएको हो । सन् २०२१ को मेमा उनी म्यानचेस्टर सिटी आउने छन् । आगिलाको वर्तमान क्लबले उनको अनुबन्ध पछिल्ला वर्षमा पेरुबाट इंग्लिस फुटबल क्लबमा भएको सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरेको छ ।

उनले गएको नोभेम्बरमा टिम डेब्यु गरेका थिए । पेरुले उनलाई १७ वर्षमुनिको दक्षिण अमेरिकी च्याम्पियनसिपका लागि सन् २०१९ को सुरुमै छनौट गरेको थियो । त्यो बेला उनी मात्रै १५ वर्षका थिए । पछिल्ला वर्षहरुमा आकर्षक पारिश्रमिकका कारण पेरुको फुटबलबाट महत्वपूर्ण खेलाडीहरु युरोपमा सरुवा हुने क्रम बढेको बताइएको छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्