विपन्न परिवारलाई वडामार्फत घरमै राहत पुर्‍याउने

जनकपुर, ८ बैशाख । प्रदेश नम्बर २ सरकारले विपन्न परिवारलाई वडामार्फत घरमै राहत पुर्‍याउने गरी निर्णय गरेको छ । दोश्रो चरणको राहत वितरणका लागि आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गरीब र विपन्न परिवारलाई वडामार्फत राहत वितरण गर्ने योजना अघि सारेको हो ।

प्रदेश सरकारले पहिलो चरणमा पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमा राहत पुर्‍याउने योजना ल्याएको छ । स्थानीय तहहरुले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको लिष्टको आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरिद गरि प्याकेट तयार गरेरै लिष्टसहित वडालाई जिम्मा लगाउने र त्यहाँबाट वितरण गरिने निर्णय गरेको हो ।

साथै सो राहत प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारलाई वडाले वितरण गरिसक्नुपर्ने निर्णय पनि गरेको छ । त्यसैगरी मन्त्रिपरिषदको बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ ।

उक्त रकमले थप पिसिआर मेसिनसहितका अन्य उपकरणहरु खरिद गरिने जनाइएको छ । साथै बैठकले पर्साको नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोनाको बिरामीको उपचार गर्र्ने व्यवस्थापन मिलाउन ५० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्